+[Add New Record]
Search By Alphabet: A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z

[Please feel free to contact Dr. Jay Kant Raut, the curator (Email: nfdcurator@myconast.net.np) of this database if any errors or inconsistencies are found ]

This searchable database provides various information on fungal species recorded within the territory of Nepal

Contact us


  • Biological Resource Unit, Faculty of Science, NAST. GPO Box:3323, Khumaltar, Lalitpur, Nepal
    Tel: +977-1-5547714 / 55477368 
    Fax: +977-1-5547713  Email: info@myconast.net.np

Next »
« Previous

बहुमूल्य जैविक सम्पदा-यार्सागुम्बा


मिति २०७३ माघ ५ गतेका दिन नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले प्रतिष्ठानकै परिसरमा माननीय वन तथा भूसंरक्षण मन्त्री श्री शंकर भण्डारीज्यूको प्रमुख आतिथ्यमा यार्सागुम्बा सम्बन्धी एक दिवसीय विचार गोष्ठीको आयोजना गरी यार्सगुम्बा सम्बन्धी उठान हुँदै आएका विभिन्न विषयवस्तुमाथि बृहद छलफल तथा अन्तरक्रिया मार्फत समस्याको समाधान खोज्ने हेतुले विषयविज्ञ, अनुसन्धानकर्ता, संकलक, नीतिनिर्माता, व्यापारी लगायत अन्य सरोकारवालाहरूको बृहद भेला सम्पन्न गरेको छ । यार्सागुम्बा स्रोतको दिगो व्यवस्थापनको निम्ति एउटा रोड म्याप (मार्ग चित्र) तयार गर्नु उक्त गोष्ठीको प्रमुख उदेश्य रहेको थियो । गोष्ठीले सिफारिश गरेका निष्कर्ष तथा सुझावहरू यस प्रकार रहेका छन ।  
निष्कर्ष

·         सबल राष्ट्रिय अर्थतन्त्र निर्माण तथा आर्थिकसामाजिक विकासको लागि यार्सालाई महत्वपूर्ण राष्ट्रिय प्राकृतिक पूँजीरुपमा उपयोग गर्न सकिन्छ । आर्थिक उत्पादनका अवसर कम भएका विशेषगरी हिमाली क्षेत्रका बासिन्दाका लागि यार्सा वरदान नै साबित भएको छ । बर्षेनि यार्साको बढदो संकलन तथा व्यापारले हिमाली भेगका जनताको आय आर्जन, रोजगारी, पुर्वाधार विकासका प्रचुर अवसरहरू सृजना हुनुको साथै समग्र अर्थतन्त्रलाई नै गतिशील बनाउन मदत पुगेको छ । केही मुलुकले सुन निर्यातमार्फत विदेशी मुद्रा आर्जन गर्न सफल भएजस्तै नेपालले यार्सागुम्बा व्यापारमार्फत ठूलो मात्रामा विदेशी मुद्रा आर्जन गर्न सक्ने प्रवल सम्भावना छ ।

·         वर्षेनि यार्सा संकलनमा देखिएको ह्रासको प्रमुख कारणहरू अत्यधिक र अव्यवस्थित संकलन, समयअगावै गरिने संकलन, अधिक चरिचरन, यार्सागुम्बाका लागि चाहिने पुतलीको लार्भाको कमी, स्थानीय परिस्थिकीय प्रणालीमा हेरफेर, जलवायु एवं भूउपयोगमा आएको परिवर्तन भनिए पनि वास्तविक कारण पत्ता लगाउन विस्तृत वैज्ञानिक अध्यय-अनुसन्धानको आवश्यकता देखिन्छ ।

·         चौरीखर्क तथा घाँसे मैदानमा यार्साको अत्यधिक प्राकृतिक दोहनको भारलाई कम गरेर प्राकृतिक स्रोतलाई दिगो बनाउन र तीब्र रुपमा बढदो विश्व बजारलाई ध्यानमा राखेर व्यावसायिकरूपमा कृत्रिम उत्पादनको कार्य यथासिघ्र अगाडि बढाउनु उपयुक्त देखिन्छ ।

·         अव्यवस्थित संकलन, विक्री वितरण र अबैध कारोबारबाट हुने राजस्व चुहावट लगायत धेरै किसिमका सामाजिक, शैक्षिक, स्वास्थ्य, पर्यावरणीय एवं शान्ति सुरक्षाका चुनौतिहरू सृजना भएका छन् । संकलकको अत्यधिक चाप र अनियन्त्रित गतिविधिका कारण पर्यावरणीय हिसाबले अत्यन्त संवेदनशील उच्च हिमाली पाटनहरूमा त्यहाँको रैथाने वनस्पतिहरू, परिस्थिकीय प्रणाली र समग्र यार्साको जीवनचक्रमा नकारात्मक असर पर्न गई दीर्घकालमा यार्सा नै लोप हुने खतरा देखिन्छ । त्यसकारण बहुमूल्य सम्पदा यार्सालाई देशको सामाजिक-आर्थिक विकासका लागि लाभदायक किसिमले व्यवस्थापन, विकास तथा सदुपयोग गर्नु आवश्यक छ ।

सुझावहरू

·       यार्सासम्बन्धी समयसापेक्ष वैज्ञानिक अध्ययन-अनुसन्धान एवं नीतिनिर्माणमा नेपाल सरकारलाई सहयोग गर्नकोलागि नास्ट, नार्क, विश्वविद्यालय, वन तथा भुसंरक्षण मन्त्रालय, वन विभाग, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, कृषि विभाग, उद्योग विभाग, स्वास्थ्य विभाग, उद्योग वाणिज्य महासंघ लगायत अन्य सम्बद्ध सरोकारवालाहरुको सहभागिता रहने गरी एक राष्ट्रिय यार्सागुम्बा कार्यदलको गठन गर्नु पर्ने

·       यार्सागुम्बाको दिगो व्यवस्थापनको लागि निजी क्षेत्रकोसमेत सहभागितामा नास्ट, नार्क, विश्वविद्यालय, वन विभाग, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, कृषि विभाग लगायत अन्य सम्बद्ध सरोकारवालाहरुको  तर्फबाट प्राथमिकताका साथ निरन्तर वैज्ञानिक अध्ययन-अनुसन्धान हुनु पर्ने

·       पहिलो चरणमा उपयुक्त वैज्ञानिक तरीकाबाट यार्सागुम्बाको स्रोत सर्वेक्षणका कार्य यथासिघ्र सम्पन्न गरी उत्पादन क्षेत्रको सम्पूर्ण जैविक विविधताको अभिलेखीकरण गर्नु पर्ने

·       रैथाने यार्सागुम्बाको जंगली जर्मप्लाज्म संकलन गरी उचित भण्डारण गर्ने व्यवस्था हुनु पर्ने

·       उत्पादन क्षेत्रहरूमा जलवायु परिवर्तनका असरहरुबारे दीर्घकालीन अध्ययन-अनुसन्धान हुनु पर्ने

·       यार्सागुम्बा संकलन हुने क्षेत्रलाई नक्सांकन गरी सो क्षेत्रहरूको नावाबली सूचीकृत गर्नुको साथै वर्गीकरण गर्नु पर्ने

·       यार्सागुम्बा विशेष संरक्षण क्षेत्र (राष्ट्रिय निकुज्ज) स्थापना गरी सो क्षेत्रमा अन्य जडीबुटी संकलनमा रोक लगाउनु पर्ने

·       हाल राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण/ वन विभागबाट प्रस्तावित  यार्सागुम्बा व्यवस्थापन निर्देशिका-२०७३ सम्बद्ध सबै सरोकारवालासँग बृहत  छलफल गराई संकलन, संरक्षण, उपयोग तथा बिक्रीवितरण सम्बन्धी स्पष्ट व्यवस्था गरी अन्तिम रुप दिनु पर्ने

·       यार्सागुम्बा सम्बन्धी क्षेत्रगत छुट्टै अनुसन्धान, प्रशोधन तथा प्याकेजिङ्ग र अक्सन केन्द्रको स्थापना गरी सञ्चालनमा ल्याउने साथै अक्सनका लागि ग्लोबल अनलाईन टेन्डर प्रक्रिया अपनाउने ।

·       निजी क्षेत्रको सहभागितामा उद्योग विभाग, स्वास्थ्य विभाग, उद्योग वाणिज्य महासंघ लगायत अन्य सरोकारवाला निकायहरूको सहयोगमा यार्सामा आधारित उत्पादनहरू (औषधि लगायत अन्य हेल्थ फुडहरु) स्वदेशमै उत्पादन गरी राष्ट्रिय र अन्तराष्ट्रिय बजारको विकास तथा प्रवर्धन गर्नु पर्ने

·       बजार व्यवस्थापन सूचना प्रणालीको व्यवस्था हुनु पर्ने

·       विद्यालय स्तरमा यार्सा सम्बन्धी कोर्सहरू समावेश गरी पठनपाठन हुनु पर्ने साथै स्थानीयस्तरमा यथेष्ट मात्रामा जनजेतनाका कार्यक्रमहरू सञ्चालन गर्नु पर्ने एवं संकलकलाई अनिवार्यरुपमा अभिमुखीकरण तालिम प्रदान गर्नु पर्ने

·       तिब्बततर्फ हुने अनधिकृत व्यापारलाई रोक्न उपयुक्त नाकाहरूलाई व्यापारकालागि वैधानिकता प्रदान गरी व्यवस्थित गर्नु पर्ने साथै कर प्रणाली समययसापेक्ष व्यावहारिक बनाउनु पर्ने

·       यार्सागुम्बा बैंकको स्थापना गरी सरकारले स्थानीयबाट संकलित यार्सागुम्बा खरिद गर्नु पर्ने

·       यार्सगुम्बा संकलन कार्यमा बालबालिकाको प्रयोगलाई निरुत्साहित गर्नु पर्ने र यसको बैकल्पिक संकलन प्रविधिको खोजी गर्नु पर्ने

·       यार्सागुम्बा, संकलन, संरक्षण, उपयोग तथा विक्रिवितरण सम्बन्धी राष्ट्रिय नीति तयार गरी यथासिघ्र लागु गर्नु पर्ने