+[Add New Record]
Search By Alphabet: A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z

[Please feel free to contact Dr. Jay Kant Raut, the curator (Email: nfdcurator@myconast.net.np) of this database if any errors or inconsistencies are found ] This searchable database provides various information on fungal species recorded within the territory of Nepal

Contact us

  • Biological Resource Laboratory, Faculty of Science, NAST. GPO Box:3323, Khumaltar, Lalitpur, Nepal Tel: +977-1-5547714 / 55477368 Fax: +977-1-5547713 Email: info@myconast.net.np
Next »
« Previous

विषालु च्याउ खाँदा एकै घरका चारको मृत्यु


 

सुर्खेत — विषालु च्याउको तरकारी खाँदा जाजरकोटको कुशे गाउँपालिका–१ स्याक्रीका एकै घरका ४ जनाको मृत्यु भएको छ । विशालु च्याउको तरकारी खाएपछि ३ वर्षीया अञ्जना चलाउनेको गाउँमै ज्यान गएको थियो  भने प्रदेश अस्पताल सुर्खेत ल्याइएका ३ जनाको उपचारका क्रममा ज्यान गएको हो ।

सोमबार जंगलबाट ल्याएको च्याउको तरकारी खाँदा टेकबहादुर चलाउनेसहित परिवारका ८ जना गम्भीर बिरामी परेका थिए । प्रदेश अस्पतालका अनुसार उपचारको क्रममा टेकबहादुरकी छोरीहरु १६ वर्षीया औसरा, १३ वर्षकी धनसरा र ११ वर्षीया नातिनी निरुताको मृत्यु भएको हो ।

च्याउको विषले धेरै असर गरिसकेका कारण उनीहरुलाई बचाउन नसकिएको अस्पतालका मेडिकल विभाग प्रमुख डा. केएन पौडेलले बताए । उनका अनुसार टेकबहादुरकी ३ वर्षीया छोरी अञ्जनाको गाउँमै मृत्यु भएको थियो । बिरामीमध्ये १ जनाको अवस्था अझै गम्भीर रहेको र ३ जनाको अवस्था सामान्य रहेको अस्पताले जनाएको छ । विषालु च्याउ खाएर बिरामी भएका ७ जनालाई गाउँपालिकाले नेपाली सेनाको हेलिकोप्टर चार्टर गरी उपचारका लागि सोमबार सुर्खेत पुर्‍याएको थियो । अस्पतालका अनुसार टेकबहादुरसहित ३० वर्षीय छोरा ललित, ३० वर्षीया बुहारी कल्पना र छोरी पशुपति चलाउनेको उपचार भइरहेको छ ।
स्रोतः 
https://ekantipur.com/news/2020/07/28/159594795421852051.html