+[Add New Record]
Search By Alphabet: A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z

[Please feel free to contact Dr. Jay Kant Raut, the curator (Email: nfdcurator@myconast.net.np) of this database if any errors or inconsistencies are found ] This searchable database provides various information on fungal species recorded within the territory of Nepal

Contact us

  • Biological Resource Laboratory, Faculty of Science, NAST. GPO Box:3323, Khumaltar, Lalitpur, Nepal Tel: +977-1-5547714 / 55477368 Fax: +977-1-5547713 Email: info@myconast.net.np
Next »
« Previous

विषालु च्याउको सेवनबाट तीनको मृत्यु


 

दाङ बिषालु च्याउ खाएर घोराही उपमहानगरपालिका १९ पाँचपोखरीका ४० वर्षीय चित्रबहादुर घर्तीको मृत्यु भएको छ । सोमवार बेलुका नजिकैको जंगलवाट च्याउ ल्याएर खाएपछि गम्भीर विरामी परेका घर्तीको उपचारका क्रममा मंगलबार विहान कोहलपुर मेडिकल कलेज बाँकेमा मृत्यु भएको प्रहरीले जनाएको छ 

उनलाई राती नै राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको थियो। बिषालु च्याउ खाएर एक सातामा एकै गाउँका तीन जनाको मृत्यु भएको छ। आइतवार पाँचपोखरीकै १९ बर्षीय बालाराम घर्ती र असार २९ मा ५ बर्षीया प्रशंशा घर्तीको मृत्यु भएको थियो।

 

हालसम्म जिल्लामा बिषालु च्याउ खाएर ४५ जना बिरामी परेका छन्। दिनहुँ बिषालु च्याउ खाएर बिरामी हुनेहरु बढिरहेकाले सतर्क हुनुपर्ने राप्ती अञ्चल अस्पताल तुलसीपुरका मेडिकल सुपेरिटेण्डेण्ट डा. बिनोद सिंहले बताए। च्याउ चिनेर मात्रै खान उहाँले सबैलाई अनुरोध गर्नुभयो। तुलसीपुर उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गरी जंगली च्याउ बिक्री बितरण गर्नेलाई कार्वाही गर्ने जनाएको छ।

प्रकाशित : श्रावण १, २०७५ १४:०९

https://www.kantipurdaily.com/news/2018/07/17/153181587759489017.html