+[Add New Record]
Search By Alphabet: A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z

[Please feel free to contact Dr. Jay Kant Raut, the curator (Email: nfdcurator@myconast.net.np) of this database if any errors or inconsistencies are found ] This searchable database provides various information on fungal species recorded within the territory of Nepal

Contact us

  • Biological Resource Laboratory, Faculty of Science, NAST. GPO Box:3323, Khumaltar, Lalitpur, Nepal Tel: +977-1-5547714 / 55477368 Fax: +977-1-5547713 Email: info@myconast.net.np

News and Events

जंगली च्याउ र यसको सुरक्षित उपभोग डा. जय कान्त राउत च्याउ एक प्रकारको उच्च वर्गको ढुसी हो । यो धर्तिमा उत्पतिको हिसाबले च्याउ मानवजाति भन्दा पुरानो मानिन्छ । भनिन्छ आदिम मानवले पनि च्याउको सेवन गर्थे। च्याउको बारेमा विभिन्न प्राचिन धर्मशास्त्र र श्रुति हरूमा उल्लेख भएको पाइन्छ। ग्रीक र रोमन साम्राटहरुको लागि च्याउ शाही व्यञ्जनको रुपमा प्रयोग भएको कुरा र यसको खाद्य महत्वको बारे महान ग्रीक दार्शनिक थेओफ्रास्टस द्वरा लिखित कृतिहरुमा उल्लेख भएको पाइन्छ । त्यस्तैगरी ईजिप्ट निवासीहरूले पनि च्याउलाई फ्यारोह (प्राचिन ईजिप्टको राजा)को खानाका अर्थात शाही व्यञ्जनका रुपमा चिन्थे। ऋगवेदमा सोमरसको चर्चा भएको पाइन्छ । सोमरस एउटा पवित्र पेय पदार्थ हो जुन आर्यहरूले पूजाको समय देवी देवतालाई अर्पण गर्ने गर्दछ । आधुनिक रिसर्चले सोमरसमा च्याउको सारतत्व एउटा अवयवको रुपमा रहेको पुष्टि गरिसकेको छ । ईस्लामहरूकोलागि च्याउ जन्नतको एउटा व्यञ्जनको रुपमा वर्णित छ। यसरी शुरुमा च्याउ धनी तथा सम्भ्रान्तहरूको लागि मात्र विलासी भोजनको रुपमा परिचित थिए भने हाल यो गरिब आमजनमानसको खाद्ध तथा पोषण सुरक्षा लगायत आर्थिक सुरक्षाको दृष्टिकोणले प्रकृतिको एउटा अनुपम उपहारको रुपमा देखिएको छ । परम्परागतरुपमा च्याउलाई वनस्पति भनिएतापनि पछिल्ला अध्ययन र अनुसन्धानबाट च्याउ वनस्पति र जन्तु भन्दा अलग्गै रहेको तथ्य प्रमाणित भइसकेको छ । ढुसी किराहरूपछिको दोस्रो ठूलो जीवहरुको समूह हो। पृथ्वीमा १५ लाख ढुसी मध्ये १४०,००० च्याउका प्रजातिहरु रहेको प्रारम्भिक अनुमान छ जसमध्ये हालसम्म करीब १४,००० च्याउहरू मात्र पता लागेका छन् जुन कुल अनुमानित संख्याको १० प्रतिशत मात्र हुनआउछ। कुल १४,००० च्याउहरू मध्ये करीब ५० प्रतिशत अर्थात ७००० प्रजाति विभिन्न तहसम्म खानयोग्य मानिन्छ। यी मध्ये वैज्ञानिकहरूले अहिलेसम्म २०० प्रजाति जति प्रयोगशालामा उम्रान सफलभइसकेका छन्। संसारभरि नै १०० जति आर्थिक दृष्टिकोणले र लगभग ६० जति व्यावसायिक हिसाबले खेति गर्न सफल देखिएका छन् भने १० प्रजाति जति विभिन्न मुलुकहरूमा औद्योगिक स्तरमा खेति भइरहेका छन्। करीब २००० जति औषधीय गुण भएका छन्। विषालु च्याउको संख्या तुलनात्मक रुपमा अत्यन्तै न्युन (करीब एक प्रतिशत) पाइएको भएपनि यसको संख्या करिब १० प्रतिशत सम्म हुन सक्ने अनुमान गरिएको छ। यी मध्ये लगभग ३० प्रजाति जति मृत्युजन्य मानिन्छ। नेपालमा पनि करीब १,१२१ जंगली च्याउहरू भेटिएका छन् जसमध्ये १४७ जति खानयोग्य, ७३ जति औषधिय गुण भएका र १०० जति विषालु प्रकृतिका छन्। प्राचिनकालदेखि नै च्याउ खाद्य र औषधीको रुपमा प्रयोग हुँदै आएको हुनाले च्याउ विषाक्तताको इतिहास पनि निकै पुरानो मानिन्छ । ऋगवेद र अथर्ववेद जस्ता पौराणिक ग्रन्थहरुमा च्याउ विषाक्तता सम्बन्धी घटनाहरूको उल्लेख भएको पाइन्छ । रोमण सम्राट क्लाउडियस सिजर, चार्ल्स छैठौं, पोप क्लेमेन्ट सातौँ, सिदार्थ गौतम (भगमान बुद्ध) जस्ता केही ऐतिहासिक महापुरुषहरूको मृत्यु पनि च्याउ विषाक्ततासँग जोडिएको छ । पछिल्लो समयमा विश्वव्यापीरुपमा जंगली च्याउको संकलन, उपभोग र व्यापारमा भएको तीब्र बृद्धिका कारण च्याउ विषाक्तताका घटना पनि बढेर गएको छ । हाल विश्वका अधिकांश मुलुकमा जंगली च्याउको संकलन, उपभोग र व्यापार हुने गरेको पाईन्छ । जंगली च्याउको विश्वबजार बार्षिक सात अर्ब अमेरिकी डलर नाघिसकेको छ । जापान र पश्चिमी यूरोपका देशहरू यसका प्रमुख आयातकर्ता मुलुकरू हुन् । च्याउ विषाक्तताका घटनाहरू जापान, अमेरिका, अष्ट्रेलिया लगायत विश्वका विभिन्न मुलुकहरूमा घटने गरेका भएतापनि अरू विकसित देशको तुलनामा पश्चिमी यूरोपका देशहरूमा यसको तीब्रता बढी पाइएको छ जहाँ बार्षिक ५०-१०० जनासम्म मानवीय क्षति हुने गर्दछ । नेपालमा पनि जंगली च्याउको संकलन र उपभोगको परम्परा निकै पुरानो मानिन्छ । चेपाङ, तामाङ, शेर्पा, गुरुङ, नेवार, मगर, राई, लिम्बु, थकाली, दनुवार, थारु आदि नेपालका परम्परागत प्रमुख च्याउभक्षी समुदायहरु हुन् । कमजोर सामाजिक-आर्थिक अवस्था, शिक्षा र चेतनाका कारण यी समुदायमा जंगली च्याउको संकलन र उपभोग सामान्य रहेको पाइन्छ । खाद्य स्रोत र स्वाद दुबैकालागि प्रयोग गर्ने गरेका यी समुदायहरुमा जंगलीच्याउ सम्बन्धि आ-आफ्नै किसिमका स्थानीय ज्ञान र मान्यताहरू रहेको पाइन्छ । विभिन्न ठाँउहरूमा जंगली च्याउलाई थप आय आर्जनको रुपमा समेत प्रयोग गर्दै आएको छ । हुनत हाम्रा प्रचुर आर्थिक सम्भावना बोकेका यार्सा, गुच्छी र रातो च्याउ बाहेक अन्य च्याउले राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारको पहुँच पाउन सकेको छैन । एउटा अध्ययन अनुसार नेपालको विभिन्न भागमा खाद्धको रुपमा प्रयोग भइरहेका २१ थरीका च्याउ संसारको अरू देशहरूमा पनि प्रयोग हुने गरेको छ । हाम्रो देशको अधिकांश भु-भागहरूमा यस्ता खालका अध्ययन-अनुसन्धान गर्न बाँकी नै छ । विशिष्ट भौगोलिक अवस्थिति र हावापानीको कारण नेपालमा धेरै प्रकारका च्याउका प्रजातिहरू हुन सक्ने विज्ञहरूको अनुमान छ । खाद्ध तथा पोषण सुरक्षा लगायत आर्थिक सुरक्षाको हरेक वर्ष मनसुनको शुरुवातसँगै नेपालको वन, पाखा, कान्ला, खोल्सा-खोल्सी र खेतबारीमा थरीथरीका च्याउहरू प्रशस्त मात्रामा उम्रिन्छन् साथै वर्षातको शुरुवातसँगै विषालु च्याउको सेवनबाट सिकिस्त हुने र मृत्युवरण गर्ने घटनाहरू संचार माध्यमहरूबाट निरन्तर रुपमा प्रकाशित भइरहेका हुन्छन्। तुलनात्मकरुपमा उच्च पहाडी क्षेत्रमा भन्दा मध्य पहाडी र तराई क्षेत्रमा विषालु च्याउहरू बढी मात्रामा पाइन्छन् । मुलुकभरि विषका घटनाहरुको दर्ताप्रक्रिया व्यवस्थित र नियमित नभएको हुनाले विषालु च्याउको सेवनबाट हुने दुर्घटनाको यथार्थ तथ्याकं छैन तरपनि यसबाट हुने मृत्युदर वार्षिक ३०-५० जनाको हाराहारीमा रहेको अनुमान छ । धेरै जसो घटनाहरु विकट ग्रामीण क्षेत्रमा घटने भएको हुनाले यो संख्या अझै बढी हुन सक्ने सम्भावना देखिन्छ । हालै पाँचथर, खोटाङ, पर्वत, पाल्पा लगायत देशका विभिन्न भागमा विषालु च्याउ खाँदा २० भन्दा बढीको मृत्यु भइसकेको र दर्जनौ अस्पतालमा भर्ना छन् । हुनत हरेक वर्ष देशका विभिन्न भागमा घटने यस्ता दर्जनौ दारुण घटनाहरूको विस्तृत वैज्ञानिक अध्ययन र अनुसन्धान भएको पाइँदैन र वर्षैपिछे यस्ता घटनाहरू दोहोरिरहेका छन् । नियन्त्रणका लागि राज्यबाट गरिएका प्रयासहरू यथेष्ट र प्रभावकारी छैन जसले गर्दा घटनामा कुनै कमी आएको देखिँदैन । स्थिति अत्यन्त गम्भीर र विकराल छ । संसारमा ९५ प्रतिशत च्याउसँग सम्वन्धित मानवीय दुर्घटना यसको गलत पहिचानले गर्दा हुने गरेको तथ्याङ्क छ । खाने च्याउसँगै विषालु च्याउ पनि उम्रिन सक्ने भएकोले च्याउ टिप्दा अत्यन्तै होश पुरयाउनु पर्ने देखिन्छ । खानहुने र विषालु च्याउ छुट्टाउने कुनै ठोस छिट्टो छरितो र भरपर्दो वैज्ञानिक प्रविधिको विकास भइनसकेकोले यसकोलागि विशेष अनुभव र विज्ञताको नै आवश्यकता पर्दछ । सामान्य मानिससँग रहेका परम्परागत ज्ञान र प्रविधिको आधारमा मात्रै च्याउको सही पहिचान र उपभोग गर्न सुरक्षित मान्न सकिँदैन । नेपालको विभिन्न क्षेत्रमा खान हुने वा नहुने छुट्टाउन स्थानीयरुपमा विभिन्न विधिहरू एवं मान्यताहरू प्रचलनमा रहेको पाइन्छ । ती कुनै पनि मान्यता तथा विधिहरू शतप्रतिशत सही नभएको, अधिकांशमा कुनै वैज्ञानिक आधार नरहेको, अत्यन्त खतरनाक र घातक छन् । केही मान्यता तथा विधिहरू यस प्रकार रहेका छन् । • नून पानीसँग उमाल्दा वा पकाउँदा, सुकाउँदा वा अचार बनाउँदा विष जति सबै नाश भएर जान्छ । # सबै खाले विष जाँदैन । • टिमुर वा चुक हालेर च्याउ पकाउँदा त्यसमा भएका विष नाश भएर जान्छ र खानको लागि सुरक्षित हुन्छ । # # सबै खाले विष जाँदैन • विषालु जंगली च्याउसँग लसुनका केही पोटीहरू वा प्याज राखेर पकाउँदा पोटी वा प्याजको रंग कालो हुन्छ । # सबै खाले विषमा हुँदैन । • पकाएको विषालु च्याउको तरकारीमा चाँदीको सिक्का वा चम्चा चोपेर हेर्दा सिक्का वा चम्चाको रंग कालो हुन्छ। # सबै खाले विषमा हुँदैन । • तितो र परपराउने स्वाद भएका च्याउ विषालु हुन्छन। # सबै हुँदैन । • चिल्लो छाता भएको च्याउ खानलाई सुरक्षित हुन्छ । # सबै हुँदैन । • काट्दा वा भाँच्दा च्याउबाट दुध निस्कियो भने च्याउ विषालु हुन्छन। # सबै हुँदैन । • काठमा उम्रिने सबै च्याउ खान हुन्छन र माटोमा उम्रिने च्याउ विषालु हुन्छन । # सबै हुँदैन । • कीरा वा अन्य जंगली जनावरले खाएको च्याउ खानलाई सुरक्षित हुन्छन । # सबै हुँदैन । • समूह-समूहमा उम्रेको च्याउ खान हुन्छ। एक्लै-एक्लै उम्रेको च्याउ विषालु हुन्छ । # सबै हुँदैन । • कहिलेकाहीं विषालु सर्प वा अन्य जंगली जनावरले खाने च्याउलाई विषाक्त बनाइदिन्छ । # ठोस वैज्ञानिक आधार नभएको । • जंगलबाट टिप्पेर वा संकलन गरेर ल्याएको च्याउ मध्ये सबभन्दा पहिले केही भाग देउतालाई अर्पण गरेर बाँकी च्याउ पकाएर खाँदा सुरक्षित हुन्छ । # ठोस वैज्ञानिक आधार नभएको । सामान्यतया: विषालु च्याउ खाएर हुने मृत्युदर २० प्रतिशतसम्म देखिएको छ । प्रभावकारी विष व्यवस्थापनका लागि चाहिने दक्ष जनशक्ति र आवश्यक पुर्वाधारको अभाव, पिडित समयमै स्वास्थ्य संस्थामा पुग्न नसक्नु आदि विभिन्न कारणले नेपालमा विषालु च्याउ खाएर हुने मृत्युदर निकै बढी देखिएको छ । च्याउबाट हुने विषाक्तताका घटनाहरु राजधानीका केही प्रमुख अस्पतालहरूमा १-४ प्रतिशत, पुर्वी नेपालका केही प्रमुख अस्पतालहरूमा लगभग ५ प्रतिशत र चितवन जिल्ला अस्पतालमा १ प्रतिशत सम्म पाइएको छ । जबकि अमेरिकामा यस्ता घटनाहरु ०.५ प्रतिशत भन्दा कम रहेको पाइएको छ । विभिन्न प्रजातिहरुमा हुने विषको रासायनिक संरचना फरक-फरका भएको हुनाले मानिसमा विषका असरपनि फरक-फरक देखिन्छन् । विषको गम्भिरता च्याउको भौगोलिक अवस्थिति, विषको मात्रा, च्याउको वंशानुगत गुण र उम्रिने अवस्था आदिमा निर्भर गर्दछ । सामान्यत: बुढापाका, बच्चाहरु र अशक्त व्यक्ति वढी प्रभावित हुन्छन्। कम विषालु च्याउ खाने बितिकै (केही मिनेट भित्र) लक्षणहरू देखा पर्दछन् र पछि निको हुने सम्भावना धेरै हुन्छ भने कडा विष भएका च्याउ खाँदा लक्षणहरू अलि ढिलो देखा पर्दछन् तर घातक हुन्छ । दुई वा दुईभन्दा बढी जंगलीच्याउहरू मिसाएर खाँदा कहिलेकाहीं लक्षणहरू चाँडै देखा परेपनि त्यस्ता लक्षणहरू गम्भिर प्रकृतिका प्राणनाशक हुनसक्छन् । संसारभरिमा १४ विभिन्न प्रकारका च्याउ विषाक्तता देखिएका छन् । च्याउ विषाक्तताका केही प्रमुख समूहहरू अमानिटा टाइप विषाक्तता: यो सबैभन्दा गम्भिर र खतरनाक खालका च्याउ विषाक्तता हो किनकि यसका लक्षणहरू च्याउ सेवन गरेको ६-२४ घण्टापछि देखा पर्दछन् तबसम्म विष चाँहि रगतमा मिसिसकेका हुन्छन् र उपचार निकै कठीन भइसकेका हुन्छन । अमाटक्सीन र फ्यालोटक्सीन यस समूहमा पर्ने प्रमुख विष हुन् जुन पीडितको कलेजोमा जम्मा भई अन्तत: कलेजोलाई क्षति पुरयाउँछ । अमाटक्सीन विषाक्तताबाट हुने मृत्युदर चाँडै र राम्रो उपचार उपलब्ध नभएको ठाँउमा ५० प्रतिशत सम्म पाइएको छ । यो समूहको विषबाट सबभन्दा बढी मानवीय दुर्घटना घटने गर्दछन् । लगभग ५० मिलिग्राम अमाटक्सीनले मान्छेको मृत्यु गराउन सक्दछ जसको लागि एउटा अमानिटा फ्लोइडस् च्याउ काफी हुन्छ । च्याउ विषाक्तताबाट हुने मृत्यु मध्ये लगभग ९५ प्रतिशत मृत्युको घटना अमाटक्सीन समूहको विषाक्तताको कारण घटने गर्दछन् । नेपालमा पनि घटने विषालु च्याउका घटनाहरू प्राय: विषालु अमानिटा प्रजातिका च्याउको सेवनबाट घटने गरेको अनुमान छ । यस समूहका विष अमानिटा, लेपिओटा, कोनोसाइबे, ग्यालेरिना आदिका प्रजातिहरूमा पाइन्छन् । यसका प्रमुख लक्षणहरू असहय पेट दुख्ने, रिङ्टा लाग्ने, तीब्र वान्ता हुने, झाडापाखाला लाग्ने, पसीना छुटने, अत्यधिक तीर्खा लाग्ने हुन् जुन ४८ घण्टामा हराउनसक्छ । यसको प्रतिविष (एन्टिडोट) विकास भइसकेको छैन । ओरेलैनिन टाइप विषाक्तता: यसको प्रमुख कारण ओरेलैनिन् भन्ने विष हो जुन कर्टेनेरियस ओरेलैनस भन्ने च्याउमा पाइन्छ । यसका लक्षणहरू च्याउ सेवन गरेको ३६ घन्टा देखि ३ हप्ता भित्र देखा पर्न सक्दछन् । मन्द ग्यासट्रोइनटेस्टिनल् लक्षण बाहेक टाउको दुख्ने, मुख सुखा हुने र पोल्ने, तीब्र तिर्खा लाग्ने, बारम्बार पिशाब लाग्ने र मृगौला नै काम गर्न छोड्ने जस्ता यसका प्रमुख लक्षणहरु हुन् । यी बाहेक कहिलेकाँही कान बज्ने, हातखुट्टा सुन्निने र दुख्ने, कमजोर दृष्टि, श्वासप्रश्वासमा समस्या जस्ता लक्षणहरू देखा पर्दछन् । यसको प्रतिविष (एन्टिडोट) उपलब्ध छैन । गाइरोमित्रीन् टाइप विषाक्तता: यसको प्रमुख कारण गाइरोमित्रीन् भन्ने विष हो जुन गाइरोमित्रा र हेलवेला प्रजातिका च्याउहरूमा पाइन्छन् । यसका लक्षणहरु च्याउ सेवन गरेको २-२४ घन्टाभित्र देखा पर्न सक्दछन् । टाउको दुख्नु, तीब्र झाडापखाला र वान्ता हुनु, हेमोलाइसिस्, मेथेमोग्लोबिनेमिया, कलेजो वा मृगौला असफल हुने, केन्द्रिय स्नायु प्रणालीमा विभिन्न समस्याहरु देखा पर्नु यसका केही प्रमुख लक्षणहरू हुन् । यसको प्रतिविष छैन । मस्करीन टाइप विषाक्तता: यस समूहका प्रमुख विषहरू मस्करीन र इबोटेनिक एसिड हुन् जुन अमानिटा पैन्थेरीना, अमानिटा मस्कारीया, इनोसाईबे र क्लाइटोसाइबेका केही प्रजातिहरुमा पाइन्छ । प्राय: लक्षणहरु झाडापखाला, वान्ता, रयाल बग्ने आदि च्याउ सेवन गर्नेवितिकै (केही मिनेट भित्र) देखा पर्दछ । आँखाको नानmore...
८ चैत, काठमाडौँ। रुकुमको पुपालमा यार्सा महोत्सव–२०७३ अायोजना गरिने भएको छ । यार्सा भण्डारको रुपमा रहेको रन्मामैकोटलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न भन्दै महोत्सव अायोजना गर्न लागिएको हो । rukum mapराजधानीमा अायोजित एक अन्तक्रिया कार्यक्रममा सो क्षेत्रमा विश्वमै दुर्लभ यार्सा गुम्बा रहेको र यसको विकासबाट देशको अनुहार बदल्न सक्ने धारणा वक्ताहरूले राखेका छन् । झन्डै चार हजार ४०० मिटर उचाइमा सो महोत्सव गर्नका लागि सरोकारवालासँगको छलफलमा पुपाल यार्सा महोत्सव मूल आयोजक समितिका अध्यक्ष लक्ष्मीप्रसाद पुनले पर्यटकीय सम्भाव्यता र व्यवस्थापनलाई आधार बनाएर ३५ सदस्यीय मूल आयोजक समिति गठन गरेको जानकारी दिए । रुकुमका स्थानीय विकास अधिकारी चिन्तामणि शर्माले १५ वटा ताल, मगरको बसोबास भएको यो गाउँ पर्यटकीय सम्भावना भएकाले सरकारले यसमा प्राथमिकता दिनुपर्ने बताए । ट्रेकिङ एजेन्सीज एसोसियसन अफ नेपाल (टान)का प्रथम उपाध्यक्ष तेज गुरुङ तथा नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष आङछिरिङ शेर्पाले आयोजक समितिले गरेको पहल सकारात्मक भएको भन्दै सो क्षेत्रमा गरिने महोत्सवलाई आफ्ना संस्थाले सहयोग गर्ने बताए । http://www.onlinekhabar.com/2016/03/403823/#sthash.zAdLPPhw.dpufmore...
Date: June 01 - 03, 2016 The 34th editions of the Dutch Mushroom Days, the world's largest international tradeshow for the edible mushroom industry, will take place in De Brabanthallen in Den Bosch, The Netherlands, from June 1 untill June 3, 2016. This edition of the Mushroom Days will be special, as the event will be organised in conjunction with the 19th Conference of the International Society for Mushroom Science (ISMS) in Amsterdam, from May 29 through June 2. The organising committee will plan both events, so that they will complement each other and enhance the interaction between science, trade and industry. Visit the website of the Mushroom Days here: http://www.champignondagen.nl/en/indexen/1-Trade_show_mushroomdays_exhibition_exhibiting_registration Visit the website of the ISMS Congress here: http://www.isms2016.com/index.html more...
Date: January 01 - 31, 2018 The 9th International Conference on Mushroom Biology and Mushroom Products will be held in Shanghai, China in 2018. more...
Date: September 25 - 27, 2015 The International Seminar of Prof. S.T. Chang's Academic Thoughts will be held at the Shanghai Academy of Agricultural Sciences (SAAS) in Shanghai, September 25-27, 2015. The seminar is dedicated to Professor Chang on the occasion of his 85th birthday this year, in recognition of his outstanding contribution tot the development of edible and medicinal mushrooms in China and the world. The seminar is organized by the World Society for Mushroom Biology and Mushroom Products (WSMBMP), the International Society for Medicinal Mushroom Science (ISMMS) and the International Society for Mushroom Science (ISMS). More info and registration (before August 31) via syja17@saas.sh.cn, 00862162209807 (tel). Contact person: Dr. Dapeng Bao.more...
A mushroom used for centuries in Chinese medicine reduces weight gain in animals, say researchers in Taiwan. The study, published in Nature Communications, suggested Ganoderma lucidum slowed weight gain by altering bacteria in the gut. The researchers suggested the mushroom could eventually be used in the treatment of obesity. Experts said the science was good, but putting mushroom extract in cans of cola would not help people lose weight.G. lucidum has traditionally been sold for "health and longevity" say researchers at Chang Gung University.They analysed the impact of the fungus on mice being fed a high-fat diet. Those on just a high-fat diet reached 42g after their first two months whereas mice that were also fed a high dose of mushroom extract reached only 35g. Mice were still much slimmer if they were fed a normal diet. In their report, the team said mushroom extract "may be used as pre-biotics to reduce body weight gain, chronic inflammation and insulin resistance [type 2 diabetes] in obese individuals." Although this would, they said, need further testing in people. http://www.bbc.com/news/health-33237991 more...
SURKHET, Nepal – Illegal exports of yarsagumba to bordering Tibetan towns have been incurring millions of losses to national revenue yearly. Regarded for its medicinal values, this rare and unique herb found in the Himalayan region is smuggled out of the country every year due to lack of efficient and effective implementation of regulations. Every year, Rijing Thurba of upper Dolpa collects yarsagumba from the meadows during May – June and heads towards Kyato Bazzar in Tibet during the early weeks of July to sell it. He has regular buyers there who wait for him for the whole year and pay him good price for the consignment for all the trouble he takes in reaching out to them. This annual deal of the precious herb, which among others is regarded as the Himalayan Viagra, fetches him around Rs 700,000. Dolpa residents reach Kyato after a five day trek through the rugged Himalayas and ravens from the district headquarter. Despite the difficult journey, hundreds of Dolpa residents like Thurba travel to Kyato every year to fetch better price for their hard-picked yield of yarsagumba. Though, this visit earns the residents good prices, it deprives the nation of the revenue that it would otherwise generate. “We collect yarsagumba with much difficulty. And when it comes to selling the fetch, it is more difficult and full of hassles to sell it in the local market,” explains Thurba while elaborating on the reason to take the difficult route to Tibet for selling instead of selling it to local merchants in the district headquarters. “In contrast the Tibetan market is convenient and the merchants there offer better prices than our local merchants. Hence, lots of people like me prefer Tibetan market over local market.” Nepal is a rich habitat for yarsagumba and annual produce of the herb is estimated around five tons, informed Raju Chhetri, former chief district forest officer (DFO), Dolpa. Majority of the collection is sold in Tibet’s market. “Hardly one third portion of around 1,500 kg yarsagumba collected from the Patan of Dolpa is exported through legal channels,” said Chhetri. “Sellers are attracted to Tibet’s market as they can sell it there at high prices without hassles. Though the practice is an open secret, the government has not been able to control this smuggling due to various difficulties and problems.” Smuggling of yarsagumba, however, is not limited to Dolpa. The practice is rampant in all the 21 districts where the herb is collected. Such trend points to the inconsistencies and hassles involved in the legal process that the farmers have to go through for selling their annual yield. “If the government can remove the hassles in yarshagumba trade and introduce effective measures to manage it properly, its trade can be a very reliable source to Nepal’s economy,” added Chhetri. Government had legalized yarsagumba trade from the fiscal year of 2001/2002 and official data claim that during the 13 fiscal years that followed a total of just 6,700 kg of the herb has been exported. Based on the studies conducted by Chhetri, who presently serves as the DFO for Bajura, the recorded quantity is not even 10.30 per cent of the total yarsa exports during the period. So where does this yarsagumba go – the answer is “straight to Tibet from Patan.” For a short time frame, the Tibetan border is opened in August. During this time, the herb is smuggled into Tibet and these practices go unnoticed as such practices are yet to come under jurisdiction of the government. A taskforce formed by the government to study this illegal trade had concluded that smuggling of yarsagumba into Tibet has remained unchecked due to the porous border transits. Dolpa alone has six open gateways into Tibet that provide hassle-free access to Tibetan market. Along with Dolpa, Tinkar of Darchula district and Taklakot of Humla district are other major hubs used for smuggling yarsagumba into Tibet. Some established traders, with sufficient capital even charter helicopters to deliver yarsagumba consignments to their Tibetan customers. “Local traders have admitted of chartering choppers to avoid customs on their yarsagumba consignments,” the task force report claimed. Along with China, yarsagumba is also exported to Hong Kong, Singapore, Thailand and Germany among other countries in large amounts. However, records maintained by the customs department shows that export to those countries are almost negligent. According to the customs office at Tribhuwan International Airport, 39.4 kg of yarsagumba was exported in the fiscal year of 2013/2014 while only 0.5kg is recorded exported during the current fiscal year. “Of late, we have initiated x-ray scanning in collaboration with Nepal Police to check smuggling of the herb to international destination. However, as it is exported in small quantities, it’s very difficult to notice,” said Shishir Kumar Dhungana, director general of the department. Tracking yarsagumba smugglers is even harder if they are traveling through road. The herb can be easily exported by individuals traveling through public and private vehicles. These traders are not worried about evading tax. They make the arduous journey to Tibetan towns for selling their merchandise, because the trade there is carried out under the table and their identity remains a secret. This makes them safe from any attacks for robbing them of their earnings. “When a trader pays taxes for yarsagumba export, it becomes a public knowledge. And since huge amount of money is involved in it, some might even try to rob yarsagumba from him. Hence, traders try to avoid paying taxes and safely export it abroad, although it means illegal dealings,” Norbhu Ghale, chairman of Dolpu Janajati Bikash Kendra, an organization dedicated to encourage traders to pay taxation in yarsagumba exports said. At the end of the day if the traders don’t feel safe selling their merchandise at home, if they don’t get better prices at home than they will continue making the arduous journey to Tibet, because it means better price and better security, Ghale said. To resolve the situation, Ghale claims that government should ensure safety of the traders and remove hassles in trading the herb in the local market. “Additionally, the government should bring proper export policies in the country, which should encourage traders to sell yarsagumba to the government instead of selling it to the middlemen in Patan that have direct link to Tibetan buyers,” he said. more...
काठमाडौं, २७ असार जंगलबाट टिपेर ल्याएको च्याउ खाँदा दुई सातायता दुईजनाले ज्यान गुमाएका छन् । यही अवधिमा विषालु च्याउ खाएकै कारण गम्भीर बिरामी परेका उपत्यकाबाहिरका ९० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले दिएको जानकारीअनुसार ज्यान गुमाउनेहरू काठमाडौं टोखानजिकका बिरामी हुन् । गम्भीर बिरामी परेका उनीहरूलाई परिवारले उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । दुई सातायता च्याउ खाएर बिरामी भएकामध्ये गम्भीर अवस्थामा रहेका चारजनाको आइसियूमा र अन्य ८६ जना सिकिस्त रहेको महाशाखाले जनाएको छ । जंगली च्याउबाट निस्कने एमोटोक्सिन विषादीले मानिसको स्वास्थ्यलाई हानि गर्ने महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले बताए । च्याउ खाँदा निस्कने एमोटोक्सिन मानिसको मृगौला, कलेजो र मस्तिष्कमा छिरेर आक्रमण गर्दा मानिसको मृत्युसमेत हुने उनले बताए । ‘जंगलबाट ल्याइएका विषादीयुक्त च्याउले सुरुमा टाउको दुख्ने रिंगटा लाग्ने र झाडाबान्ता हुने समस्या ल्याउँछ,’ मरासिनीले नयाँ पत्रिकासँग भने, ‘समयमै सही उपचार भएन भने बिरामीको मृत्युसमेत हुन सक्छ ।’ जंगली च्याउ खाएर हरेक वर्ष मृत्युको खबर आए पनि मानिसहरूले जंगली च्याउ खान छाडेका छैनन् । विशेष गरी जंगली च्याउ खाने प्रचलनले सिंगो परिवारै एकैपटक बिरामी वा मृत्यु हुने गरेको छ । - See more at: http://www.enayapatrika.com/2015/07/15534#sthash.kvLl7CwV.dpufmore...