nast_logo
NEPAL FUNGAL DATABASE

NEPAL ACADEMY OF SCIENCE AND TECHNOLOGY

जंगली च्याउ खाँदा पाँचजना बिरामी

सल्यान÷रास– जंगली च्याउ खाएर सल्यानमा पाँचजना बिरामी भएका छन् । बिरामीमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ । नजिकैको जंगलबाट ल्याएको च्याउ पकाएर खाएपछि पाँचै जना बिरामी भएको इलाका प्रहरी कार्यालय सल्ली बजारले जनाएको छ ।बिरामी पर्नेमा घाँजरी पिपल–२ गैरी कटेरीका ४५ वर्षीया खिमी कवर, कुपिण्डे दह–५ का ६५ वर्षीया पञ्चकली पुन, माझकाडा–८ सिमचौरका २८ वर्षीया कल्पना बुढा र उनका दुईवर्षीय छोरा भरत बुढा र तीनवर्षीया छोरी कमला बुढा रहेका छन् । गम्भीर घाइते कल्पना, कमला र भरत बुढालाई सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको प्रहरीले जनाएको छ । अन्य बिरामीको उपचार स्थानीय स्वास्थ्य चौकीमा भइरहेको छ । http://www.rajdhani.com.np/article/0272592001436407352