nast_logo
NEPAL FUNGAL DATABASE

NEPAL ACADEMY OF SCIENCE AND TECHNOLOGY

जंगली च्याउ खाएर ज्यान गुमाउने बढे

 काठमाडौं, २७ असार जंगलबाट टिपेर ल्याएको च्याउ खाँदा दुई सातायता दुईजनाले ज्यान गुमाएका छन् । यही अवधिमा विषालु च्याउ खाएकै कारण गम्भीर बिरामी परेका उपत्यकाबाहिरका ९० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले दिएको जानकारीअनुसार ज्यान गुमाउनेहरू काठमाडौं टोखानजिकका बिरामी हुन् । गम्भीर बिरामी परेका उनीहरूलाई परिवारले उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । दुई सातायता च्याउ खाएर बिरामी भएकामध्ये गम्भीर अवस्थामा रहेका चारजनाको आइसियूमा र अन्य ८६ जना सिकिस्त रहेको महाशाखाले जनाएको छ । जंगली च्याउबाट निस्कने एमोटोक्सिन विषादीले मानिसको स्वास्थ्यलाई हानि गर्ने महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले बताए । च्याउ खाँदा निस्कने एमोटोक्सिन मानिसको मृगौला, कलेजो र मस्तिष्कमा छिरेर आक्रमण गर्दा मानिसको मृत्युसमेत हुने उनले बताए । ‘जंगलबाट ल्याइएका विषादीयुक्त च्याउले सुरुमा टाउको दुख्ने रिंगटा लाग्ने र झाडाबान्ता हुने समस्या ल्याउँछ,’ मरासिनीले नयाँ पत्रिकासँग भने, ‘समयमै सही उपचार भएन भने बिरामीको मृत्युसमेत हुन सक्छ ।’ जंगली च्याउ खाएर हरेक वर्ष मृत्युको खबर आए पनि मानिसहरूले जंगली च्याउ खान छाडेका छैनन् । विशेष गरी जंगली च्याउ खाने प्रचलनले सिंगो परिवारै एकैपटक बिरामी वा मृत्यु हुने गरेको छ । - See more at: http://www.enayapatrika.com/2015/07/15534#sthash.kvLl7CwV.dpuf